पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध – Kanika Khabar
Saturday, October 31Nepali News Portal

पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

    मा प्रकाशित

काभ्रे । पहिरो र खहरे खोलाको लेदो सडकमा खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थलीमा सडकमाथिबाट ढुङ्गा, माटोसहितको लेदो खसेको छ । त्यस्तै, रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको छ ।

दुवै स्थानमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक समन्वय गर्न १००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पहिरो तथा लेदो पन्छाएर सडक सञ्चालनमा ल्याउने कार्य नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्