परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट – Kanika Khabar
Tuesday, November 3Nepali News Portal

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट

    मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घका नवनियुक्त राजदूत चार्ल्स ह्वाइट्लीले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइट्लीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

भेटका क्रममा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्