कांग्रेस सभापति थापा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता – Kanika Khabar
Thursday, November 5Nepali News Portal

कांग्रेस सभापति थापा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।

काठमाडौंको द्वारिकाज होटलमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।

त्यसअघि भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।

आफ्नो दुई दिने भ्रमण पुरा गरेर मिश्री आजै स्वदेश फर्किएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्