‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा – Kanika Khabar
Friday, November 6Nepali News Portal

‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा

    मा प्रकाशित

काठमाडौं । साइबर ठगी तथा अनलाइन आर्थिक अपराध नियन्त्रणका लागि नेपालमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा आएको छ ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा शुक्रबारदेखि केन्द्रले सेवा प्रारम्भ गरेको हो ।

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ असोज २३ गते स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा प्रदायक, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू एउटै भौतिक कक्षमा बसेर एकीकृत रूपमा काम गर्नेछन् ।

साइबर स्क्याम तथा ठगीका घटनामा तत्काल प्रतिकार्य गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने र डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित तथा विश्वसनीय बनाउने केन्द्रको मुख्य उद्देश्य रहेको छ ।

केन्द्रले साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना चौबीसै घण्टा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । यसका लागि सम्पर्क अधिकृत तोक्नुका साथै १२४७ आकस्मिक फोन नम्बरसमेत सञ्चालनमा ल्याइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्