चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १५२ रनको लक्ष्य – Kanika Khabar
Friday, November 6Nepali News Portal

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १५२ रनको लक्ष्य

    मा प्रकाशित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो । चितवनका लागि कप्तान सिकन्दर राजाले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै रवि बोपाराले ३५ रन बनाए भने अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रन बनाएका थिए ।

त्यसैगरी पोखराका बलर चामिका करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्