मोरङमा रड प्रहार गरी श्रीमानको हत्या, श्रीमतीसहित दुई जना पक्राउ – Kanika Khabar
Monday, November 9Nepali News Portal

मोरङमा रड प्रहार गरी श्रीमानको हत्या, श्रीमतीसहित दुई जना पक्राउ

    मा प्रकाशित

काठमाडौं । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट हत्या भएको हो । उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारका २७ वर्षीय सुनिल मिश्रले टाउकोमा रड प्रहार गर्दा सोरेनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनामा प्रयोग भएको रडसहित सुनिल मिश्रलाई नियन्त्रणमा लिएको थियो । घटनापछि फरार भएकी कमली बास्केलाई मंगलबार बिहान करिब साढे ७ बजे खेतबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्