घोप्टेभिरको पहिरो हटाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने – Kanika Khabar
Friday, November 20Nepali News Portal

घोप्टेभिरको पहिरो हटाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

    मा प्रकाशित

चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा गएको सुख्खा पहिरो हटाउन दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

घोप्टेभिरमा लगातार सुख्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउन लागिएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार उक्त समयावधिमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले भनेको छ- ‘नागढुंगा-मुग्लिन सडक खण्डको घोप्टेभीरमा लगातार सुख्खा पहिरो गई सवारी आवागमन प्रभाव बन्न पुगेको र मानवीय क्षति समेत भएको तथ्यलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरणका लागि मिति २०८३।०८।०५ देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म (दैनिक ५ घण्टा ) सडक आवागमन बन्द गरी जोखिमयुक्त ढुङ्गा माटो हटाउने कार्य सुरु गर्ने निर्णय गरिएको छ । तसर्थ, उल्लिखित समयावधिमा उक्त सडक खण्डमा सबै प्रकृतिका सवारी साधनको आवागमन बन्द रहने भएकाले सोही बमोजिम गर्नु गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्