लुम्बिनीलाई हराउदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि – Kanika Khabar
Saturday, November 21Nepali News Portal

लुम्बिनीलाई हराउदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि

    मा प्रकाशित

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

सुदूरपश्चिमका जर्ज मुन्सीले ५४ बलमा  १२५ रन अविजित बनाउदै शतकीय पारी खेलेर जित दिलाएका थिए । त्यस्तै विनोद भण्डारीले अविजित ३० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले सर्बाधिक अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली सेखले २४ रन बनाएका थिए । त्यस्तै डिआर्ची शर्टले २१ रनको योगदान दिएका थिए । त्यसैगरी सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलाइनले २ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

यसअघि लगातार दोस्रो सिजन फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको छ । त्यस्तै अघिल्लो सिजनको फाइनलमा लुम्बिनीसँग बेहोरेको हारको बदला समेत लिएको छ । लुम्बिनी भने लगातार दोस्रो सिजन फाइनलमा पुगेर यस पटक उपविजेता बनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्