कस्तो छ आजको मौसम पूर्वानुमान ? – Kanika Khabar
Sunday, November 22Nepali News Portal

कस्तो छ आजको मौसम पूर्वानुमान ?

    मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश लगायत देशको हिमाली भु-भागमा आंशिक बदल लागेको छ तथा बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको तराई भू-भागका साथै मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै राति देशको हिमाली क्षेत्रमा साथै कोशी प्रदेशको तराई  क्षेत्रमा र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ।  बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्