प्रधानमन्त्रीको घोषणा- छैटौँ सिजनदेखि एनपीएल टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला हुन्छन् – Kanika Khabar
Saturday, November 21Nepali News Portal

प्रधानमन्त्रीको घोषणा- छैटौँ सिजनदेखि एनपीएल टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला हुन्छन्

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै टोलीका आफ्नै क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शाहले एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै सबै आठ क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने बताएका हुन् । उनका अनुसार रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ ।

प्रधानमन्त्रीले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने बताएका छन् ।

घोषणाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि  सुर्खेत क्रिकेट रंगशाला, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि  पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिनेछ ।

सरकारले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रधानमन्त्री शाहले बताएका छन् । आठवटै टोलीका आफ्नै रंगशाला बनेपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने उनले बताएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्