रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएका समस्यामा कांग्रेस प्रवेश नगर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाभित्रका कुनै पनि समस्यामा कांग्रेसको रुचि नरहेको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन। हामी कुनै कचकच पनि गर्दैनौँ, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ । हामीले यो कुरा हाम्रो पार्टीको महाधिवेशनका दस्तावेजमा स्पष्ट भनेका छौँ ।’

थापाले सरकार सञ्चालन गर्न सरकारको आफ्नै जिम्मेवारी भएजस्तै प्रतिपक्षी दलहरूको पनि जिम्मेवारी हुने बताएका छन् । प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाउनुपर्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्दै उनले सरकारलाई प्रतिरोध गर्नुपर्ने ठाउँमा प्रतिरोध र सहकार्य गर्नुपर्ने ठाउँमा सहकार्य गर्ने नीति कांग्रेसले लिने बताए ।

उनले सरकारको कामकारबाहीबारे टिप्पणी गर्न थालेपछि आफ्नो विषयमा अडियो सार्वजनिक गर्ने र विभिन्न प्रचारबाजी गर्ने काम भएको पनि बताएका छन् । यस्ता गतिविधिविरुद्ध आफू पहिलेदेखि नै लड्दै आएको र आगामी दिनमा पनि लड्न तयार रहेको थापाले स्पष्ट गरेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्