कनिका क्विज सिजन ४ को मुख्य अफिसियल पार्टनरमा पाठशाला – Kanika Khabar
Sunday, November 29Nepali News Portal

कनिका क्विज सिजन ४ को मुख्य अफिसियल पार्टनरमा पाठशाला

    मा प्रकाशित

दाङ । यही मङ्सिर २० गते हुन थालेको कनिका क्विज सिजन ४ को मुख्य अफिसियल पार्टनरमा पाठशाला एजुकेसन प्रालि घोराही दाङ रहने भएको छ । मङ्सिर २० गतेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सिजन ४ को मुख्य अफिसियल पार्टनरमा पाठशाला एजुकेसन प्रालि रहने भएको कनिका खबर प्रालिका अध्यक्ष अभियान बस्नेतले जानकारी दिएका हुन् ।

कनिका खबर प्रा.लि. द्वारा सञ्चालित कनिका खबर डट.कमले विगत तीन वर्षदेखि दाङ जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ । कनिका खबर क्विज सिजन ४ आगामी मङ्सिर २० गते जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित राजविद्या पाठशालामा हुन थालेको छ । जिल्लाकै मावि तहको उच्च राशिको पुरस्कार रहेको कनिका क्विजमा कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने प्रावधान रहेको छ । प्रथम पुरस्कार नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

दाङमा मेघा क्विजको रुपमा रहेको कनिका क्विज सिजन ४ को अफिसियल पार्टनर पाठशाला एजुकेसन प्रालि घोराहीको मेन रोडमा रहेको छ । पाठशालाले लोक सेवा, शिक्षक सेवा, नेपाल प्रहरी, नेपाल आर्मी तथा बैकिङ क्षेत्रको तयारी कक्षा, अङ्ग्रेजी, कोरियन तथा जापनिज भाषा, कम्प्युटर प्रशिक्षणका साथै विभिन्न कक्षाको ट्युसन तथा ब्रिज कोर्स तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।
विद्यार्थीलाई गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्दै विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा सहयोग पुर्‍याउने उद्देश्यले घोराहीमा सञ्चालित पाठशाला एजुकेसन प्रा।लि। शैक्षिक तथा सामाजिक गतिविधिमा सक्रिय देखिएको छ ।

पाठशाला एजुकेसन प्रा.लि.ले विद्यालय तहका विद्यार्थीलाई अतिरिक्त कक्षा प्रदान गर्नुका साथै लोकसेवा आयोग, शिक्षक सेवा आयोग, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा वन रक्षक लगायतका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

संस्थाका प्रबन्ध निर्देशक दीपक न्यौपानेका अनुसार विद्यार्थीलाई अध्ययनमा मात्र सीमित नराखी अनुशासन, आत्मविश्वास, प्रतिस्पर्धात्मक क्षमता र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने उद्देश्य संस्थाले लिएको छ ।

संस्थाले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कामलाई समेत प्राथमिकता दिँदै आएको छ । यसैक्रममा संस्थामा विभिन्न सुरक्षा निकाय तथा वन रक्षकको तयारी गरिरहेका प्रशिक्षार्थीहरूले बङ्गलाचुली गाउँपालिका–२ स्थित पर्यटकीय क्षेत्र मर्पेसमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए ।

अध्ययनसँगै सामाजिक गतिविधिमा सहभागी गराउँदा प्रशिक्षार्थीमा सामाजिक चेतना, सामूहिक भावना र जिम्मेवारीबोध विकास हुने प्रबन्ध निर्देशक न्यौपानेको भनाइ छ ।

पछिल्लो समय प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुने युवाको सङ्ख्या बढ्दै गएको अवस्थामा उचित मार्गदर्शन, नियमित अभ्यास र विषयगत तयारीलाई संस्थाले महत्त्व दिँदै आएको छ । विद्यार्थी तथा प्रशिक्षार्थीको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न विषयका तयारी कक्षा सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ ।

घोराहीको मुख्य बजार क्षेत्रमा रहेको पाठशाला एजुकेसन प्रा.लि.ले शैक्षिक तयारीसँगै युवाको व्यक्तित्व विकास र सामाजिक सहभागितालाई जोड्दै आफ्नो गतिविधि अघि बढाइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्