साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, दुई जना घाइते – Kanika Khabar
Thursday, November 26Nepali News Portal

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, दुई जना घाइते

    मा प्रकाशित

काठमाडौं । साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । आक्रमणमा घाइते भएका अन्य तीन नेपाली नागरिकको अवस्थाप्रति पनि सरकारले चिन्ता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने दुई जनाको अहिले पनि उपचार भइरहेको छ ।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नेपालले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने स्पष्ट पारेको छ । विवाद र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न तथा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन नेपालले आग्रह गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्