कोरोना भाइरसका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो – Kanika Khabar
Sunday, July 26Nepali News Portal

कोरोना भाइरसका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ ७, दाङ ।
कोरोना सङ्क्रमणका कारण विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो ।

स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्