गोल्डेन बुढा
भदौ ९, जुम्ला ।
पातारासी गाउँपालिका वडा नम्वर ४ को लुम पाटनमा चट्याङमा परी २ सय सय १७ भेडाबख्रा मरेका छन् । हिजो दिउँसो ३ वजे तिर लुम पाटनमा चट्याङमा परी २ सय सय १७ भेडाबख्रा मरेका हुन । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा चट्याङ परेको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले जानकारी दिए । चट्याङ परेपछि विष्णु बुढा,जयबहादुर बोहोरा,जयभक्त बुढा र जयसिंह बुढा लगायत ११ वटा किसानहरुका भेडा मरेका हुन् । ११ वटा सबै भेडा पालक किसान वडा नम्वर ५ माथीलोर्पाका भएको बोहोराले बताए । ११ जना किसानका २ सय १७ वटा भेडाबाख्रा मरेको पातारासी स्वाास्थ्य चौकी डिलीचौरका असइ कृष्ण शाहले जानकारी दिए । २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले आफ्ना सहित करीब सात सय भेडाबाख्रा मरेको उनले बताए । यसैगरी गत बर्ष तिला गाउँपालिका वडा नं ६ को सुडिका किसानका समेत २ सय ५० भेडा चट्याङले मरेका थिए ।
मा प्रकाशित


