दाङमा भदौ १४ गतेदेखि २१ गतेसम्म लकडाउन हुने – Kanika Khabar
Monday, May 25Nepali News Portal

दाङमा भदौ १४ गतेदेखि २१ गतेसम्म लकडाउन हुने

    मा प्रकाशित

कनिका खबर
भदौ १२, दाङ ।
पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै जान थालेपछि दाङमा लकडाउन हुने भएको छ । जिल्लामा भदौ १४ गते आइतबार राति १२ बजेदेखि भदौ २१ गतेसम्म एक हप्ताका लागि लकडाउन हुने भएको हो । जिल्ला संकट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आउँदो आईतवार राती १२ बजेदेखी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

हाललाई एक हप्ताको समयअवधी निर्धारण गरेता पनि आगामी २२ गते पछिको अवस्थालाई मज्येनजर गदै फेरी अर्को निर्णय लिने उनले बताएका छन् । लकडाउन अवधीभर अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात क्षेत्र, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय , संघसंस्थाका कार्यालय लगाएत सम्पुर्ण बन्द हुनेछन् । साथै नागरिकहरु पनि अत्यवश्यक काम बाहेक अन्य समयमा घर बाहिर निस्कन रोक लगाईएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्