पहिरो र बाढीबाट प्रभावित नगरबासीको घर दैलोमा पुगेर अनुगमनको थालनी – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

पहिरो र बाढीबाट प्रभावित नगरबासीको घर दैलोमा पुगेर अनुगमनको थालनी

    मा प्रकाशित

कनिका खबर
भदौं १२, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिकाले बर्षात पछि आएको पहिरो र बाढीबाट प्रभावित नगरबासीहरुको घर दैलोमा पुगेर अनुगमनको थालनी गरेको छ । ९ गते बसेको नगर बिपद ब्यबस्थापन समितिको निर्णय बमोजिम जोखिमयुक्त घर तथा बस्तीको नगर प्रमुख डम्बर अर्याल सहितको टोलिले हिजो बाट अनुगमन थालेको हो । तत्काल बाढीपहिरोबाट बिस्थापित भएका तथा जोखिममा रहेका बस्तीहरुको पहिचान गरिने र तत्काल समाधानका उपायहरु अपनाउने नगर प्रमुख अर्यालले जानकारी दिनुभयो ।

आवश्यक सहयोगको लागि जिल्ला बिपद ब्यबस्थापन समिती र प्रदेश सरकारलाई समेत विवरण पठाइने छ । कार्यदलमा उपप्रमुख भगवती नेपाल, ६ नं वडाध्यक्ष जितराज थापा ,३ का अध्यक्ष वसन्त गुरुङ, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ रहनुभएको छ । कार्यदलले १५ दिन भित्र प्रतिवेदन पेश गर्ने भवन तथा बिपद ब्यबस्थापन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्कीले बताउनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्