दाङमा १९ जनामा कोरोना संक्रणको पुष्टि, यो संगै समुदायमा संक्रमण फैलिएको आशंका – Kanika Khabar
Monday, July 27Nepali News Portal

दाङमा १९ जनामा कोरोना संक्रणको पुष्टि, यो संगै समुदायमा संक्रमण फैलिएको आशंका

    मा प्रकाशित

कनिका खबर
भदौं १३, दाङ

दाङमा शनिवार थप १९ जनामा कोरोना संक्रमण देखिएको छ ।राप्ति स्वास्थ्य प्रतिष्ठान घोराहीमा गरिएको नमुना परिक्षणमा १२ पुरुष र ७ जना महिला गरी १९ जनामा कोरोना संक्रणको पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ११ जना, तुलसीपुरका ७ जना र चितवनका १ जना रहेका छन्।

घोराही –८ का २५ वर्षका पुरुष, वडा नं. १० का २५, ३०, ३२ वर्षका पुरुष र ३४ वर्षका एक महिला, वडा नं. ११ का ५३ वर्षका पुरुष र वडा नं. १५ का २०, ४२, ५४ र ५७ वर्षका पुरुष गरी १० जनामा कोरोना संक्रणको पुष्टि भएको हो ।  यसैगरी घोराही १५ का ३२ वर्षका एक जना र चितवन भरतपुर ५ घर भएका २६ वर्षका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबैको कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरीएको हो । संक्रमितहरु बैंक कर्मचारीका परिवार, नारायणपुरका व्यापारी र स्थानीय रहेको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । समुदायस्तरका ८५ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालका–५ का ३२ र ३७ बर्षका दईु जना, वडा नं. ६ का ३५ र ४१ वर्षक दईु जना, वडा नं. ९ का ५६ वर्षका एक जना र वडा नं. १९ का ३५ वर्षका एक जनामा कोरोना संक्रमणको पुष्टि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ ।

तुलसीपुरबाट संकलन भएको ५० जना मध्य ९ जनाको पोजेटिभ र ४१ जनाको रिपोट नेगेटिभ आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्