महुरे–राजापानी कालोपत्रेको काम गुणस्तरहिन – Kanika Khabar
Friday, May 3Nepali News Portal

महुरे–राजापानी कालोपत्रेको काम गुणस्तरहिन

    मा प्रकाशित

कनिका खबर
भदौं १३, खोटाङ
खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काममा गुणस्तरहिन गिट्टी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ ।महुरे–फोक्सिङ्टार सडक खण्डमा पर्ने महुरे–सिमपानी सडक खण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले पाखाको गिट्टी तथा गुणस्तरहिन बालुवा प्रयोग गरिरहेको पाइएको स्थानीयले बताएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानीमा सव–बेस ओछ्याउनका लागि पाखाबाट ल्याइएको गिट्टीलाई नै ढलानको काममा प्रयोग गरिरहेको पाइएको वडाध्यक्ष सन्तोष खत्रीले बताउनुभयो । हिजो डे«न निर्माणकाक्रममा पाखाबाट उठाएर ल्याइएको सव–बेस गिटीलाई प्रयोग गरिरहेको पाइएपछि वडाध्यक्ष खत्रीको पहलमा रोक लगाइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्