मेची अस्पतालमा ७५ शैयाको कोभिड उपचार केन्द्र स्थापना – Kanika Khabar
Monday, July 27Nepali News Portal

मेची अस्पतालमा ७५ शैयाको कोभिड उपचार केन्द्र स्थापना

    मा प्रकाशित

कनिका खबर
भदौं १५, झापा
मेची अञ्चल अस्पताल भद्रपुरको नव निर्मित भवनमा कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्थायी उपचार केन्द्र स्थापना भएको छ । उपचार केन्द्रमा ७५ बेड क्षमता रहने छ भने २ जना बिशेषज्ञ सहितको स्वास्थ्यकर्मी सहितको टोलीले २४ घण्टा सेवा दिनेछन् ।

संघीय सरकारको सहयोगमा बनेको नयाँ भवनलाई आवश्यकताको आधारमा अस्थायी रुपमा कोभिड उपचार केन्द्रको रुपमा सञ्चालन गरिने निर्णय भएसंगै आजबाट कोरोना संक्रमितहरुलाई राखेर उपचार सेवा सुरु हुनेछ । हाल अस्पतालमा रहेका २२ जना सङ्क्रमितलाई समेत सोही केन्द्रमा सारिने छ । अस्पतालको आइसोलेशन कक्षमा भने कोभिडको संभावित लक्षण देखिएका बिरामीहरुलाई राखिने समेत अध्यक्ष पोर्तेलले बताउनु भयो ।

कोभिड उपचार केन्द्रलाई प्रदेश सरकारले सहयोग गरेको छ । त्यस्तै स्थानीय उद्योगी, ब्यवसायीको सहयोगमा अस्पताल ब्यवस्थापन पक्षको अगुवाईमा उपचार केन्द्र सुरु गर्न लागिएको पोर्तेलले जानकारी दिनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्