कोरोनाको कहरमा रहेका गर्भवतीलाई पोषिलो खानेकुरा र परामर्श – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोनाको कहरमा रहेका गर्भवतीलाई पोषिलो खानेकुरा र परामर्श

    मा प्रकाशित

कनिका खबर
भदौं १६, ओखलढुंगा
ओखलढुंगाको खिजीकातीका गर्भवतीहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य परामर्श दिईएको छ । कोरोनाको कहरमा रहेका खिजीदेम्बा गाउँपालिका ४ भित्रका १३ जना गर्भवती महिलालाई पोषिलो खानेकुरासँगै स्वास्थ्य परामर्श दिईएको हो । वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार व्यक्तिगत खर्चमा गाउँका सबै गर्भवतीलाई पोषिलो खानेकुरा उपलब्ध गराउनु भएको छ । हर्लेस, चना, मसला, सरसफाईका लागि साबुन सहितका सामाग्री गर्भवतीलाई वितरण गर्दै वडाअध्यक्ष न्यौपानेले जन्मदिन मनाउनु भएको हो । पोषिलो खानेकुरासँगै शारीरिक तथा मानसिक रुपमा जटिल अवस्था झेलिरहेका गर्भवतीलाई कोरोनाको संक्रमणबाट बच्न र पेटमा रहेको शिशुको ख्याल गर्न अपनाउनुपर्ने सतर्कताका विषयमा स्वास्थ्यकर्मी मार्फत परामर्श समेत दिईएको वडाअध्यक्ष न्यौपानेले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्