कपिलबस्तुकी एक कोरोना संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

कपिलबस्तुकी एक कोरोना संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १७, रुपन्देही ।
कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा बुधबार एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कपिलवस्तुकी ती महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा बुधबार आज बिहान मृत्यु भएको हो ।
उनमा कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको अस्पतालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्