जिल्लामा कोरोना सङ्क्रमणको दर बढेपछि जिल्ला प्रशासन कार्यालयको सेवा कटौती – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

जिल्लामा कोरोना सङ्क्रमणको दर बढेपछि जिल्ला प्रशासन कार्यालयको सेवा कटौती

    मा प्रकाशित

कनिका खबर
भदौं १८, नुवाकोट
नुवाकोट जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै जिल्ला प्रशासन कार्यालयले दिँदै आएको सेवामा कटौती गरिएको छ । कार्यालयले सङ्क्रमण नियन्त्रणका लागि सेवा प्रवाहको समय कटौती गरेको बताएको छ । जिल्ला प्रशासनले कार्यालय समयमा आउने सबै सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिरहेकोमा आउने आइतबारबाट जिल्लाका एक स्थानीय तहका नागरिकलाई हप्तामा दुई दिनमात्र सेवा प्रदान गर्ने भएको छ । विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिकासहित १२ वटा स्थानीय तह रहेको नुवाकोटमा प्रत्येक दिन ४ वटा पालिकाका सेवाग्राहीलाई मात्र सेवा दिने गरी तालिका सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अब प्रत्येक दिन ४ वटा स्थानीय तहका सेवाग्राहीलाईमात्र सेवा दिने र एउटा स्थानीय तहका सेवाग्राहीले हप्तामा २ दिन सेवा लिन पाउने छन् । जिल्ला प्रशासनले सार्वजनिक गरेको तालिका अनुसार आइतबार र बुधबार विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेश्वर, सोमबार र विहीबार बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ र किस्पाङ, मंगलबार र शुक्रबार पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने भएको हो । तोकिएको बारमा सेवा लिनको लागि टेलिफोनमा सम्पर्क गरी टोकन लिएरमात्र तोकिएको समयमा आउनु पर्ने प्रशासनले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्