हुम्लामा जीप दुर्घटना हुदा चार जना घाइते – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

हुम्लामा जीप दुर्घटना हुदा चार जना घाइते

    मा प्रकाशित

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन ।

कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ७ बस्ने २८ वर्षीय रमेश सिजापति, जिल्ला हुम्ला सिमकोट गाउँपालिका ७ ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन ।

घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्