जीवन सिनेमा होइन र ‘रिटेक’हरू लिन सकिँदैन – Kanika Khabar
Friday, April 19Nepali News Portal

जीवन सिनेमा होइन र ‘रिटेक’हरू लिन सकिँदैन

    मा प्रकाशित

कनिका डेस्क
बैशाख २४, दाङ ।
[बलिउड नायक इरफान खानको मृत्यु भएपछि उनकी श्रीमती सुतपा सिक्दारले निकै भावुक हुँदै ट्विट गरेकी छिन् । ट्विटमा इरफानसँगको लामो यात्राका बारेमा पनि अभिव्यक्ति दिएकी छिन् । यहाँ उनले अंग्रेजीमा लेखिएको पत्रको नेपालीमा भावानुवाद गरिएको छ ।]

जब विश्वभर यसलाई व्यक्तिगत नोक्सानीको रूपमा देखिरहेका छन् त म पारिवारिक वक्तव्य कसरी लेख्न सक्छु ? जब लाखौं मानिसहरूले हामीसँगै शोक मनाइरहेका बेला म कसरी एक्लो महसुस गर्न सक्छु ? सबैलाई एउटा कुरा भन्न चाहन्छु, यो नोक्सान होइन, प्राप्ति हो । हामीलाई उनले सिकाएका चिजहरूको प्राप्ति । अब हामी यो प्राप्तिलाई सही तरिकाले कार्यान्वयन गर्न शुरू गर्नेछौँ । अब म मानिसहरूलाई थाहा नभएका केही कुरा लेख्दै छु ।

यो हाम्रा लागि अविश्वसनीय हो तर, इरफानकै शब्दमा भन्दा यो ‘जादू’ हो । चाहे उनी हुन् वा नहुन् । उनले माया गरे, त्यो एकतर्फको मात्र थिएन । उनीप्रति मेरो केवल एकमात्र गुनासो छ, उनले मलाई जीवनभर बिगारेर गए । पूर्णताका लागि उनले गर्ने प्रयासले हरेक कुरामा सामान्य तरिकामा चित्त बुझाउन मलाई दिने छैन । उनले देख्ने हरेक कुरा चाहे त्यो कर्कस र भद्रगोलको परिस्थिति नै किन नहोस्, ‘लय’ हुन्थ्यो । मैले त्यस प्रकारको लयको संगीतमा नाच्न र गाउन सिकेको छु ।

अन्ततः हाम्रो जिन्दगी नाटकमा मास्टर क्लास थियो । त्यसैले जब नबोलाएको पाहुनाको नाटकीय इन्ट्री भयो, त्यही बेला मैले कोलाहलमा एक सामाजस्य बनाउन सिके । डाक्टरको रिपोर्ट तिनै स्क्रिप्ट जस्तै थिए, जसलाई पूर्ण बनाउन चाहन्थ्ये । त्यसैले मैले कहिलेकाहीँ उनलाई परफर्मेन्समा कमजोरीको एक खोट पनि पाइन् । यो यात्रामा हामीले धेरै यादगार मानिसहरूसँग मिल्यौं उनीहरूको सूची निकै लामो छ । तर, केही मानिसहरूलाई सम्झन चाहन्छु, हाम्रो आन्कोलोजिष्ट डा. नितेश रोहतगी (मेक्स अस्पताल, साकेत), जसले हाम्रो हात शुरुआतदेखि नै समाएर राखेका थिए । डा. डेन क्रेल (यूके), डा. शिद्रवी (यूके), मेरो धड्कन तथा अँध्यारोमा उज्यालो दिने डा. सेवन्ती लिमये (कोकिलाबेन अस्पताल) । यो यात्रा कति रमाइलो, सुन्दर र पीडादायी थियो भनेर शब्दमा लेख्न सजिलो छैन ।

पछिल्लो अढाइ वर्षको अन्तराल पाएजस्तो भएको छ जसको आफ्नै शुरुआत, मध्य र उत्कृर्ष थियो जसमा इरफान निर्देशकजस्ता थिए । यो हाम्रो ३५ वर्ष लामो सहयात्राभन्दा अलग थियो । हामी विवाहभन्दा फरक थियौँ, एक भएजस्तो थियो । म मेरो सानो परिवारलाई दुई छोराहरू बाबिल र आयानले डुंगामा राखेर अगाडि बढाइरहेको देख्दै छु । जहाँ इरफानले निर्देशन दिँदैछन्ः त्यहाँ होइन, यहाँबाट मोड । जीवन सिनेमा होइन र ‘रिटेक’हरू लिन सकिँदैन भन्ने बुझेपछि म छोराहरूलाई विनम्र आग्रह गर्न चाहन्छुः दिमागमा बुबाको मार्ग निर्देशनलाई राखेर सुरक्षित तरिकाले डुंगा चलाऊ । म मेरा दुई छोराहरूलाई बुबाले सिकाएका पाठहरू जुन निकै महत्त्वपूर्ण छन्, यसरी बुझ्न आग्रह गर्छु ।

बाबिलः अनिश्चितताको नृत्यमा आफूलाई आत्मसमर्पण गर्न सिक र यो ब्रम्हाण्डमा आफ्नो आस्थामा विश्वास गर ।

आयानः आफ्नो मनलाई नियन्त्रण गर्न सिक र, दिमागलाई आफैं नियन्त्रणमा आउन देऊ ।

आँसुहरू बगिरहँदा, इरफानलाई मनपर्ने फूल ‘रात की रानी’ उनको विजय यात्रापछि विश्राम दिन राखेको स्थानमा रोप्ने छौँ । यसले समय लेला तर यो फुल्ने छ र सुवासहरू फैलने छन् । वर्षौँसम्म त्यसले मानिसका मनहरूलाई छुनेछ, जसलाई म फ्यान भन्दिनँ बरु आउनेवाला परिवार भन्छु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्