चार सातामा बलिवुड फिल्म धुरन्धरले कति कमायो ? – Kanika Khabar
Friday, January 23Nepali News Portal

चार सातामा बलिवुड फिल्म धुरन्धरले कति कमायो ?

    मा प्रकाशित

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले बक्स अफिसमा निरन्तर शानदार कमाई गरिरहेको छ ।

फिल्म रिलिजको चौथो साता सकिदा घरेलु बक्सअफिसमा ७८४.५ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको छ ।

धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो सातामा फिल्मले १८९.३० करोड कमाई गरेको थियो ।

धुरन्धर हालसम्म बलिवुडको इतिहासमा सबै भन्दा धेरै कमाई गर्ने तेस्रो फिल्म पनि बनेको छ ।  बलिवुडको इतिहासमा सर्वाधिक कमाई कलेक्सन गर्ने फिल्म दंगल हो । दंगलले १९६८ करोड कमाई गरेको थियो भने जवानले ११४८ करोड कमाई गरेको थियो ।

त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरेको छ । अहिलेसम्म फिल्मले भारत बाहिर २३० करोड भन्दा बढी कमाई गरेको छ ।

फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्