सल्यानमा गरिएकाे मास्क कारबाहीबाट ६९ हजार राजश्व सङ्कलन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सल्यानमा गरिएकाे मास्क कारबाहीबाट ६९ हजार राजश्व सङ्कलन

    मा प्रकाशित

कनिका खबर
भदाै २२, सल्यान ।
सल्यान जिल्लामा मास्क नलगाउनेलाई गरिएकने कारवाहीबाट हिजाे आइतबारसम्म एकलाख ६९ हजार राजश्व संकलन भएको छ ।
अटेरी गरी मास्क नलगाई हिँड्डुल गर्नेहरुलाई कारवाही गर्दा असार अन्तिमदेखि भदौ २१ गतेसम्म उक्त राजश्व संकलन भएको हो ।
हालसम्म एक हजार ६ सय ९० जनालाई कारबाही गरिएको र त्यसवाट एकलाख ६९ हजार राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रहरीले सल्यानमा असार २७ गतेदेखि मास्क कारबाही सुरु गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्