भक्तपुरको सूर्यविनायक नगरपालिकामा घुम्ती स्वाब संकलन बुथ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

भक्तपुरको सूर्यविनायक नगरपालिकामा घुम्ती स्वाब संकलन बुथ

    मा प्रकाशित

सुबास चौलागाईं
भदौ २२, भक्तपुर ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण परीक्षणको लागि स्वाब संकलन गर्न घुम्ती बुथ सञ्चालनमा ल्याएको छ । सङ्क्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको स्वाब संकलन गर्ने उद्देश्यले घुम्ती बुथ सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य संयोजक एवं सूर्यविनायक नगरपालिका ८ का वडा अध्यक्ष किरण थापाले कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको स्वाब संकलन गर्न छिटो छरितो र सहज बनाउने उद्देश्यले घुम्ती बुथ सञ्चालनमा ल्याइएको बताए ।
नगरपालिकाले फोहरमैला संकलन गर्ने आफ्नै मिनिट्रकमा स्वाब संकलन बुथको व्यवस्थापन गरेको हो । जसमा एकपटकमा दुईजनाको स्वाब लिन सकिने व्यवस्था गरिएको छ । उनका अनुसार घुम्ती स्वाब बुथमा स्वास्थ्य संयोजक, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख, दुई जना पारामेडिक्स र दुईजना ल्याब टेक्निसियन खटिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्