मा प्रकाशित
कनिका संवाददाता
बैशाख २४ दाङ ।
घोराही स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ३० जनाका कोभिड १९ को रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानले आज एक प्रेस विज्ञप्ति जारी गरी बेलझुण्डीमा अवस्थित कोरोना विशेष अस्पताल, घोराहीका विभिन्न मस्जिद तथा कोरोना सक्रमित क्षेत्र नेपालगञ्जबाट आएका एक जना र उनको परिवारबाट सङ्कलन गरिएको स्वाबको पिसिआर बिधिबाट गरेको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।