दाङ प्रहरीलाई माहुरी होमद्वारा सहयोग – Kanika Khabar
Sunday, October 6Nepali News Portal

दाङ प्रहरीलाई माहुरी होमद्वारा सहयोग

    मा प्रकाशित

कनिका खबर
हापुरे, २३ भदौँ ।
कपिलबस्तुमा रहेको माहुरी होमले दाङका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ । डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको हो ।

माहुरी होमले सक्रियतामा जिल्ला प्रहरी कार्यालय दाङ, प्रहरी चौकी हेमन्तापुर, ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको हो । माहुरी होमले स्यानीटाइजर, मास्क, पिपिई, हेण्डवास, स्प्रे, थर्मल गण, ग्लोब्स, सहयोग गरिएको सस्थाका सामाजिक परिचालक कल्पना खड्काले जानकारी दिएका छन् ।

कोरोना भाइरस माहामारी रोक्न प्रहरी दिनरात खट्नुपर्ने भन्दै सस्थाले स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको खड्काले जानकारी दिए । पछिल्लो समयमा प्रहरीमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि सचेत हुदै काम गर्न सहज गराउन स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको सामाजिक परिचालक देबी पोखरेलले जानकारी दिए ।

यस्तै केही दिनमा देउखुरी क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी सिसहनियालाई पनि उपलब्ध गराउने कार्यक्रम रहेको माहुरी होमका बोर्ड सदस्य प्रेम जैसवालले जानकारी दिए ।

माहुरी होमले सहज परियोजना सञ्चालन भएका कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुपन्देहीमा रहेका प्रहरी कार्यालयलाई सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको जैसवाललले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्