सामाजिक सञ्‍जाल दुरुपयोग गर्ने पक्राउ – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सामाजिक सञ्‍जाल दुरुपयोग गर्ने पक्राउ

    मा प्रकाशित

भदौ २४, बाग्लुङ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका–४ कुँडुलेका चन्द्रकान्त पौडेललाई बुधबार पक्राउ गरेको छ ।
एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पौडेलमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले बताए । यसअघि पत्रकार त्रयले विद्युतीय अपराधमा समेत पौडेलविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएका छन् ।
पौडेल सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत मानहानी र पेशागत चरित्रमा आँच आउने गरी गालीगलौजमा उत्रेकाले मुद्दा दिनु परेको पत्रकार राजभण्डारीले बताए । पौडेलले केही दिनयता पत्रकार, प्रशासक, दलका नेतालगायतलाई लक्षित गरी अमर्यादित ढङ्गले लेखिएका पोष्टरभिडियो फेसबुकमा राख्दै आएका थिए ।  रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्