निर्वाचित दल छोडेपछि यी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त – Kanika Khabar
Tuesday, June 23Nepali News Portal

निर्वाचित दल छोडेपछि यी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त

    मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले जुम्लाको गुठिचौर गाउँपालिका र नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिका उपाध्यक्षको पद रिक्त भएको जनाएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्षको पद पनि रिक्त भएको आयोगले सार्बजनिक सूचना निकालेर जानकारी दिएको हो ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था बमोजिम नेपाली कांग्रेसको संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका तपसिल बमोजिमका जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी दिएपछि यी स्थानीय तहका पद रिक्त भएको जानकारी दिएको  हो ।

आयोगका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी, बर्दघाट सुस्ताको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालले आफू निर्वाचित दल नेपाली काँग्रेस छोडेकाले उनीहरुको पद रिक्त भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्