काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले अम्लेट खाँदा माछाको काँडा भेटिएको छ। गृहमन्त्री गुरुङको सचिवालयले अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा आएको समाचारको खण्डनसमेत गरेको हो।
चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको र कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको जानकारी सचिवालयले गराएको छ ।
‘कुनै पनि कर्मचारीलाई पक्राउ गरिएको छैन,’ गृहमन्त्रीको सचिवालयले भनेको छ।
लड्स प्लाजा होटलका दुई कर्मचारीलाई यसबारे प्रहरीले सोधपुछ गरी छाडेको पाइएको छ।


