भारतमा दैनिक करिब एक लाख सङ्क्रमित थपिंदै – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

भारतमा दैनिक करिब एक लाख सङ्क्रमित थपिंदै

    मा प्रकाशित

कनिका खबर
भदौं २५, दाङ
भारतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । दैनिक थपिने सङ्क्रमितको संख्या करिब एक लाख नजिक पुगेको छ । बुधवार भारतमा थप ९५ हजार ९ सय ५० जना कोभिड १९ का सङ्क्रमित थपिएका भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् । अमेरिकामा सबैभन्दा धेरै संख्यामा संक्रमित पहिचान हुँदा त्यो ८० हजारभन्दा तल नै थियो । तर, भारतले सबै रेकर्ड तोडिसकेको छ । ब्राजिललाई संक्रमित संख्यामा पछि पारेको भारतको कोभिड १९ को रफ्तार यही गतिमा कायम हुने हो भने पहिलो स्थानमा रहेको अमेरिकालाई दोस्रो स्थानमा पु¥याउने छ । भारतमा अहिलेसम्म ४४ लाख ६० हजार भन्दा धेरै संक्रमित संख्या पुगिसकेको छ । बुधवारमात्रै १ हजार १ सय ५२ जना संक्रमितको भारतमा मृत्यु भयो । यससँगै भारतमा मृत्यु हुने संक्रमितको संख्या ७५ हजार ६२ पुगेको छ । संक्रमितको संख्यामा भारत अमेरिकाभन्दा पछाडि छ भने धेरै मृत्यु हुने मुलुकको सूचीमा ब्राजिलभन्दा पछाडि । अमेरिकामा १ लाख ९४ हजार कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ भने ब्राजिलमा १ लाख २८ हजार भन्दा धेरैको । बुधवार लाख नजिकै संक्रमित संख्या पहिचान हुँदा सबैभन्दा धेरै पहिचान महाराष्ट्रमा भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्