लडेर आमा र पेटभित्रको बच्चा दुबैको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

लडेर आमा र पेटभित्रको बच्चा दुबैको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ २५, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ मा लडेर एक महिला र उनको गर्भमा रहेको ८ महिनाको बच्चाको मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोकका ४३ वर्षिया सन्चमाया तामाङको घाँस काट्न जाँदा लडेर मृत्यु भएको हो । उहाँको गर्भमा रहेको ८ महिनाको बच्चा भने जिवितै भेटिएपनि उपचारका क्रममा काठमाण्डौं लैजाने क्रममा मृत्यु भएको हो । स्थानीयका अनुसार भीरबाट लडेर उहाँको पेट फुटेको थियो । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए । करिब १ मिटरको दुरीमा आमा र बच्चा भेटिएकोे थियो । घटनाबारे जानकारी पाएपछि उपचारका लागि काठमाण्डौं लैजादै गर्दा बाटोमा बच्चाको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्