अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द – Kanika Khabar
Thursday, August 13Nepali News Portal

अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द

    मा प्रकाशित

कनिका खबर
भदौ २५, दाङ
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरू संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो । विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम ८ सेप्टेम्बर २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिनुभएको छ । यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो । चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरुको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत १ जुनमा एउटा आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्