नेकपा स्थायी कमिटी बैठक आज बस्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खबर
भदौ २६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाको विवाद चर्केको थियो । विवाद बढ्दै जाँदा लामो समयपछि समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । त्यही कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल गर्न बोलाइएको कार्यदलका संयोजक महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । बैठकका लागि आवश्यक गृहकार्य पनि सकिएको महासचिव पौडेलले बताउनुभयो । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । पार्टीका अध्यक्षद्वय ओली र दाहालको अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्नुहुने जानकारी महासचिव पौडेलले दिनुभयो । अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीका सदस्यलाई पठाउनुभएको प्रस्तावमा पार्टी एकताको महìवलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् । त्यस्तै एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ । नेपालको सीमा समस्या र समाधान सम्बन्ध, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताका सम्बन्धलगायतका विषयमा स्थायी समितिको बैठकको छलफलको प्रस्तावमा समेटिएको छ । मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने विषय समेत छलफलमा प्रस्तावित छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्