असोज १ गतेदेखि सार्वजनिक यातायात चलाउँछौ : हमाल – Kanika Khabar
Saturday, June 6Nepali News Portal

असोज १ गतेदेखि सार्वजनिक यातायात चलाउँछौ : हमाल

    मा प्रकाशित

कनिका खबर
भदौ २६, दाङ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज १ गतेदेखि विश्वकर्माको अवसर पारेर सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव तथा नेपाली काँग्रेस यातायात व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य सुरेश हमालले सरकारसँग सार्वजनिक यातायात सञ्चालन गर्नका पहल गरे पनि त्यसको कुनै सुनुवाई नभएकोले अब असोज १ गतेदेखि आफूहरुले यातायात सञ्चालन गर्ने बताएका छन् ।
उनले भने, ‘सकभर सबै स्थानमा हामीले सञ्चालन गर्छौ देशभर नभए पनि केही केही स्थानमा हामीले जसरी भए पनि यातायात सञ्चालन गरेरै छाड्छौँ ।’
उनले थपे, ‘यातायात व्यवसायीहरुले कोडि १९ काकारण भोग्नु परेको आर्थीक मन्दि, मजदुरहरुको अवस्था , अनिवार्य रहेका बैंकको व्याज, कर जस्ता बिषयहरुमा सरकारले यातायात व्यवसायीहरुलाई कुनै पनि प्रकारले राहत दिने भन्दा आहत दिने काम भएको छ ।’
उनले आउँदो असोज १ गते विश्वकर्मा बाबाको पूजाका दिनबाट सवारी साधनहरु सञ्चालन गर्न सबैलाई आग्रह समेत गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्