सय लाखबार – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सय लाखबार

    मा प्रकाशित

न सक्छु एक्लै प्रिय१रात काट्न
न सक्छु चुल्ठो सजिएर बाट्न
तिमीविना जीवन के छ सार
सम्झन्छु यस्तो सय लाखबार

तिमीविना नै कसरी म बाँचूँ
छोपेर आँखा कसरी म हाँसूँ
कल्पेर बित्छन् दिन यी हजार
सम्झन्छु यस्तो सय लाखबार

रेट्दा तिमीले नव प्रेम धार
सहन्छु घुर्की दिन बारबार
माया कहाँ हुन्छ र वारपार
सम्झन्छु यस्तो सय लाखबार

सखे१म प्यारी हुन पाउँला कि
चिम्लेर आँखा छुन पाउँला कि
भेटूँ म छिट्टै कि भयो हतार
सम्झन्छु यस्तो सय लाखबार

छन् लाल गाला र सुरम्य ओठ
र पत्र चिल्ला लयदार बोट
छोएर उम्रे बिउ शीघ्र सार
सम्झन्छु यस्तै सय लाखबार

ज्वाला बनेको तन अग्लिंदै छ
र मैनको यो मन पग्लिंदै छ
यो दन्किँदो प्रेम छ है अपार
सम्झन्छु यस्तो सय लाखबार

ऊर्जा तिमी पोषण मूल खासा
जगाउँछौ जायज जोश आशा
बत्ती म बल्ने प्रिय मुख्य तार
सम्झन्छु यस्तो सय लाखबार

आभा बनूँ चम्चम जून तारा
तिमी त मेरो सुखभोग सारा
सौभाग्य मेरो सुकिलो निधार
सम्झन्छु यस्तो सय लाखबार

हुँ फूल थुङ्गा म त फुल्छु डाली
तिमी त्यसैको भमरा र माली
छोऊ मलाई र डसेर झार
सम्झन्छु यस्तो सय लाखबार

मेरो तिमी पूर्ण बिराम मात्रा
बनूँ म गन्तव्य र पूर्ण यात्रा
माया तिमी स्नेहसुधा अपार
सम्झन्छु यस्तो सय लाखबार

©रितु खनाल
घोराही १५ दाङ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्