कविता : कान्छा ! – Kanika Khabar
Thursday, June 25Nepali News Portal

कविता : कान्छा !

    मा प्रकाशित


कान्छा !
समयको शिलालेखमा
बल्छीजस्ता अक्षर पढिरहेछु।
कथाको राजकुमारजस्तो
घोडामा उडेर
कहीँ पुगिन्न कान्छा
कहीँ पुगिन्न।।
आफैं पो हिँड्नु
हिँड्नु हो।

पाखुराले टाकुरामा पुग्ने होइन कान्छा।
कदमकदम मिलाएर हिँड्नु पो यात्रा हो।
आगो हुँ भन्दैमा
आगोले केही हुन्न
सपना कोरल्न त तातो चाहिन्छ
आगो होइन,कान्छा।
सपना कोरल्न त तातो चाहिन्छ।
नयाँ पालुवा आउन
पुरानो बोट बाँच्नु पर्छ ।
थाहा पाउनू
बोट जलाएर पालुवा उम्रन्न कान्छा।

कान्छा!
माकुराका कुराहरू बुझ्न सक्नुपर्छ
ऊ कालो भएर होइन
उज्यालो भएर झुक्याउनेछ।
कान्छा!
याद गर्नू
आगो होइन
सपना कोरल्न त तातो चाहिन्छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्