सिन्धुपाल्चोकको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सिन्धुपाल्चोकको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत

    मा प्रकाशित

कनिका खबर
भदौ २८, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बाह्रबिसे ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ११ जनाको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानका अनुसार नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्सी शेर्पा, २३ वर्षका जुनु विक,२४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र ६० वर्षका सर्किनी नेवार अनि ६५ वर्षका धनलाल विक रहेका छन् । ६० वर्षका हिरामाया नेवार,४२ वर्षका ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षका सरस्वती विकको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । २० जना वेपत्ताहरूको उद्धारकार्य जारी राखिएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्