लकडाउने बढायाे भारतमा बेराेजगार कनिका – Kanika Khabar
Friday, March 29Nepali News Portal

लकडाउने बढायाे भारतमा बेराेजगार कनिका

    मा प्रकाशित


कनिका डेस्क

२५, बैशाख ।

लकडाउनका कारण भारतमा १२ करोड २० लाख मानिस कामविहीन बनेका छन् । भारतीय अर्थ व्यवस्था निगरानी केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै भारतका १२ करोडभन्दा बढी मानिस रोजगारविहीन बनेका हुन् । अहिले भारतमा कुल रोजगार व्यक्तिमध्ये २७ दशमलव १ प्रतिशत मानिस बेरोजगार बनेका छन्, जुन अमेरिकाको भन्दा ४ गुणा बढी हो । भारतमा कोभिड १९ रोकथामका लागि गत मार्च २ देखि बन्दाबन्दी अर्थात लकडाउन छ । हाल सम्म कोभिड १९ का कारण सङ्क्रमित हुनेहरुको सङ्ख्या ३८ लाख नाघेको छ । हालसम्म ३८ लाख १२ हजार ७ सय मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित मध्ये झण्डै १३ लाख मानिस निको भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्