दाङमा बाढीले कुखुरा बोकेको गाडी र कुखुरा फर्म बगायो – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा बाढीले कुखुरा बोकेको गाडी र कुखुरा फर्म बगायो

    मा प्रकाशित

कनिका खबर
भदौै ९, दाङ ।
आज राति दाङमा आएको अविरल वर्षापछिको बाढीले कुखुरा बोकेको बोलेरो गाडी र कुखुरा फर्म बगाएको छ । तुलसीपुर–घोराही सडक खण्डमा पर्ने हापुर खोलामा आएको बाढीले एउटा बोलेरो गाडी बगाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनु्सार ना ४ च १४४६ नम्वरको उक्त बोलेरो गाडी बगाउँदा ३ हजार कुखुराका चल्ला नष्ट भएका छन् ।

जसवाट तीन लाख बढीको नोक्सानी भएको डिएसपी खड्काले जानकारी दिए । गाडी विहान साढे ६ बजेतिर बगाएको बताइएको थियो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चमेरे खोलामा आएको बाढीले स्थानीय राजकुमार वलीको कुखुराको फर्म नै बगाएको छ।

वलीको २२ दिनका एक हजार बढी चल्ला र १० बोरा दाना बगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए । त्यसवाट वलीको चार लाख बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्