वीपी कोइराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं. २ गठन – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं. २ गठन

    मा प्रकाशित

कनिका खबर
असोज १, दाङ ।

घोराहीमा भएको भेलाले वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ क्षेत्र नं. २ को गठन गरेको छ ।

क्षेत्रीय संयोजक लेखनाथ बुढाथोकीको अध्यक्षता नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सभापति गिरिराज सुवेदीको प्रमुख आतिथ्यता एव वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका अध्यक्ष सरोज शाहको विशिष्ट आतिथ्यतामा भएको भेलाले बुढाथोकीको अध्यक्षतामा समिति गठन गरेको हो ।

जसको सचिवमा दर्शना परियार, कोषाध्यक्षमा भुवन केसी रहेका छन् । त्यसैगरी सदस्यहरुमा हरिहरसिंह वली क्षेत्री, लोकबहादुर कुवँर, सरोज केसी, बामदेव जिएम,बिजय केसी, तिलक डाँगी, बिराट नेपाली, मिनरभा श्रेष्ठ,अनन्त विष्ट, विशाल नेपाली, अमन गिरी, अभिनास नेपाली, उर्मिला नेपाली, सुमित्रा घर्तिमगर, विवेक धिताल र छविलाल विक रहेका छन् ।

कार्यक्रममा वीपी कोइराला युवा नेतृत्व विकास मञ्चका जिल्ला सदस्यहरु लिला नेपाली, बमबहादुर खड्का, खुमा खड्का,जगत जिएमलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मञ्चका जिल्ला सदस्य बलदेव मल्लले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्