प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको हार – Kanika Khabar
Sunday, April 20Nepali News Portal

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको हार

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३–१ गोल अन्तरले पराजित भएको हो । ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गर्नुभयो, यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गर्नुभयो । युनाइटेडका डेब्यु खेलाडी डोनी भान डी विकले एक गोल फर्काउनुभएको थियो । जितसँगै क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । क्रिस्टल लिगको दोस्रो स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्