विज्ञापन ऐन कार्यान्वयन गर्न सरकारलाई निर्देशन – Kanika Khabar
Monday, August 10Nepali News Portal

विज्ञापन ऐन कार्यान्वयन गर्न सरकारलाई निर्देशन

    मा प्रकाशित

कनिका खबर
असोज ६, दाङ ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विज्ञापन ऐन २०७६ तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको हिजो बसेको बैठकले तत्काल विज्ञापन बोर्ड गठन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
ऐन स्वीकृत भएको ११ महिना बितिसक्दा कार्यान्वयनमा ढिलाई भएकोमा चासो व्यक्त गर्दै समितिले सरकारको नाममा त्यस्तो आदेश जारी गरेको हो । समितिका सदस्य केदार सिग्देलले ऐनको दफा ६ मा उल्लेख भएको डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनलाई विज्ञापनरहित बनाउने एक वर्ष समयावधि तोकिएको र समयावधि सकिन एक महिना बाँकी हुँदासमेत खासै काम हुन नसकेको भन्दै तत्काल कार्य सम्पन्न गरी ऐन कार्यान्वयन गराउन निर्देशन दिएको जानकारी दिए । उनले विदेशी च्यानलमा स्वदेशी विज्ञापन राख्ने नीति ऐनको भावना विपरीत हुने भन्दै त्यस्तो निर्णय नगर्न समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्