सुनको मूल्यमा गिरावट – Kanika Khabar
Saturday, August 15Nepali News Portal

सुनको मूल्यमा गिरावट

    मा प्रकाशित

कनिका खबर
असोज ६, दाङ ।
आज मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ ।

कोरोना भाइरस ९कोभिड(१९०का कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा लगानीका वातावरणहरु फराकिलो बन्दै जानु,सुनमा भएको लगानी घट्दै अन्त लगानी थपिनु जस्ता कारणले मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्