थम्मन निर्दोषी बस्नेत
दुनियाँको पूरै शक्ति लगाएर पनि उही अवस्थामा फर्काउन नसकिने, अस्विकार गर्न नसकिने र सामान्य अनुमान बाहेक कुनै पनि आयाम देख्न नसकिने जीवनका कही कतै केही सम्पत्ति छ्न भने ती हुन हिजो, आज र भोलि । तिनै हिजो, आज र भोलिलाई प्रकृतिले सन्तुलनको तराजुमा राखेर हरेक पक्षहरुलाई परिवर्तनको चक्रमा कसक्क कसेर बाधेको छ । त्यसैले जीवनका हर कुनै आयामहरुको मानिसहरुमा फिटिक्कै ज्ञान हुदैन भनी सोच्नु मुर्खता हुनजान्छ। प्रत्येक मिलिसेकेन्ड, सेकेन्ड, महिनौं, वर्षौ, दशकौं हँुदै शताब्दी लगाएर हुने सम्पूर्ण परिवर्तनहरुको नाम प्रकृति बाहेक अरु कुनै नाम सुहाउँदैन । सुक्ष्म गतिमा हुने परिवर्तनहरुले ब्रह्माण्डमा आफ्नो शक्तिको प्रभाव दिगन्त जमाईरहेका हुन्छ्न् । समयको गतिसँगै शिक्षा लिने र दिने तरिकाहरुमा भिन्नता रहेको पाइन्छ यद्यपि ज्ञानको महत्त्व भने मानव विकाससँगै अस्तित्वमा भएको मान्न सकिन्छ।
जङ्गलको बिचमा ॠषिमुनिहरुका आश्रम वा कुटिहरुको आसपासमा विशाल वृक्षमुनि प्राकृतिक स्थलमा बसेर सुरु भएको शिक्षण सिकाई प्रक्रिया आज अत्याधुनिक प्रविधियुक्त कक्षाकोठामा परिणत भएका छन् । एकातिर भौतिक संरचनामा देखिने चमत्कारी परिवर्तनहरुले शिक्षाको बाहिरी आवरणलाई आकर्षणका केन्द्र बनाएका छ्न भने अर्कोतिर शिक्षा सहज, सुलभ र सबैको पहुँचबाट टाढा हुँदै पनि गैरहेको परिस्थिति छ । हिजो कठोर भन्दा कठोर साधना गर्ने र गराउने, अनुशासन कायम गर्न कडा कदम अपनाउने गुरु समक्ष आफ्ना नानीहरुलाई जिम्मा लगाउँदा गर्व गर्ने पुर्खाका सन्ततिहरुको सोचमा क्रमशः परिवर्तन आएको सहजै पाउन सकिन्छ । हाम्रा नानीहरूको लागि भौतिक सुख सुविधाले सम्पन्न विद्यालय वा कलेज मात्र हेरेर छनौट गर्नु भन्दा पनि एक्काइसौं शताब्दीका नागरिकहरुमा हुने आधारभूत गुणहरुको विकास गर्न राष्ट्रिय पाठ्यक्रमभित्र विविध योजना परियोजनाहरुलाई समावेश गरी तयार पारेका शिक्षण सामग्रीका साथ शिक्षणका आधुनिक पद्धतिहरु अवलम्बन गरेर जीवनपयोगी सिपहरु प्रदान गर्ने शिक्षालयहरु छान्न सक्नु पहिलो बुद्धिमानी कदम मान्न सकिन्छ । शैक्षिक सत्रको अन्त्य र सुरुवातसँगै अधिकांश अभिभावक र विद्यार्थीहरुमा शिक्षालय छनौटको विषयले ठुलै तनाव सिर्जना गरेको हुन्छ । यस्तो स्थितिमा उनीहरुले आज लिने निर्णय भोलिको लागि अक्षम्य भुल हुन पनि सक्दछ । बालबालिकाहरुको सुदुर भविष्यसम्म दृष्टि पुर्याउन नसकेर तत्कालीन सहजता र सहुलियतमा आकषिर्त भएर आज चालिने कदमहरु भोलिको दिनमा काँडैकाँडा बिछ्याइएको बाटोमा नाङ्गै खुट्टा दौडनु सरह हुन जान्छ । हिजो गरिएको सानो गल्तिलाई सम्झिएर पश्चाताप गर्न बाहेक कुनै विकल्प बाँकी नहुन सक्छ ।
विद्यालय, विश्वविद्यालयहरुले प्रमाणिात गर्ने दस्तावेजहरु संकलन गर्न भन्दा जीवन जिउने सीप संकलन गर्न सकिने ठाउँ चिन्न सकियो भने हाम्रा नानीहरूले कहिल्यै पछि फर्केर हेर्नू पर्दैन । हाम्रा पुर्खाहरुले प्राचीनकालमा गुरुहरुका आश्रममा गएर गुरुहरुको आदेशलाई कुनै तर्क, विश्लेषण अनि शंकाबिनै शीरोधार्य गरी शिक्षा आर्जन गर्थे भन्ने सोच्नु र हाम्रा बालबालिकाहरुमा त्यही अपेक्षा राख्नु अहिलेको युगलाई सुहाउँदो बिचार हँुदैन । अनि हिजो हामीले बिहान बेलुका घरको सबै काम धन्दामा सघाएर किताब कपिको भारी बोक्दै कोशौ टाढा पैदल बिद्यालय जान्थ्यौ भनेर विश्व नागरिक बन्ने सुअवसर पाएका हाम्रा नानीहरूलाई उहीँ तराजुले मापन गर्न खोज्नु दुर्भाग्य हुन सक्द्छ । प्रविधिको नजिकबाट स्पर्श गर्न बिमुख हामी, राष्ट्रिय वा अन्तराष्ट्रिय घटना परिघटनाहरु थाहा पाउन अरुमा भर पर्नु परेको अवस्था हाम्रा नानीहरुमा खोज्नु अज्ञानताको पराकाष्ठा हो । हिजो औलामा गन्न सकिने मानिसहरूले मात्र घरमा रेडियो राख्ने हैसियत राख्दथे । आवा अनि चिट्ठी पत्र जस्ता सञ्चारका माध्यमहरु पनि निश्चित ब्यक्तिहरुको पहुँचमा मात्र हुने गद्र्थे । त्यसकारण त्यो बेलाका बिद्यार्थीहरुले देश विदेशका कुराहरु, विभिन्न ताजा घटनाहरु समयमा सुन्न पाउदैन थिए भन्ने कुरा भैरव अर्यालको हास्यव्यंग्य निबन्ध ‘जय भोलि’मा उल्लेख भएको आगलागीको ताततातो खबर तीन महिना तीन दिनमा सिंहदरवार पुगेको पढ्दा नै अनुमान गर्न सकिन्छ । हिजो धेरै जसो खबरहरुको बारेमा जानकार हुन असम्भव जस्तै थियो । फलस्वरूप त्यो बेलाका विद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुका ती कुराहरु ध्यानपूर्वक चाख लिदै सुन्ने गर्दथे । मैले यसो भन्दै गर्दा अहिलेका बालबालिकाहरुले शिक्षक शिक्षिकाहरुका कुरा ध्यानपूर्वक सुन्दैनन भन्न कदापि खोजेको होइन । अहिलेका विद्यार्थीहरुले पनि हिजोका जेहन्दार विद्यार्थीहरु भन्दा कम एकाग्र भएर सुन्ने गर्दैनन् । विषयवस्तुको गहन विश्लेषण गर्दै रोचक ढङ्गले प्रस्तुत गरिने कक्षा जति लामो अवधी हुँदा अहिले पनि विद्यार्थीहरु फिटिक्कै छुटाउन चाहदैनन् ।
हिजोको तुलनामा आज भोलि शिक्षालयहरुका आकृती, शिक्षण पद्धति, मुल्यांकन पद्धति, गुरु र शिष्य बिचको सम्बन्ध, आदि पक्षहरूमा धेरै परिवर्तनहरु देखिएका छन् । राज्यका नीति, नियम, शासक, शासन प्रणाली लगायत भौतिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक अनि मनोबैज्ञानिक पक्षहरूमा ठुलै परिवर्तन भएको देखिन्छ तर पनि बहुसंख्यक लक्षित वर्गका अपेक्षित बालबालिकाहरुलाई यी परिवर्तनहरु कागलाई बेल पाक्यो हर्ष न विस्मात भएका छ्न । एक्काइसौं शताब्दीका नव युगिन शिक्षण पद्धतिहरुको खोज, अनुसन्धानहरुलाई अवलम्बन गरेर शैक्षणिक पद्धतिहरु अपनाएर शिक्षण गर्न सक्ने जनशक्तिलाई शिक्षालयहरुको जिम्मा लगाउने साहस गर्न सकियो भने एउटा पाईला चालेको भन्न सकिन्छ । जनताका छोराछोरीहरुलाई शिक्षाको पहुँचबाट बञ्चित गर्न पर्छ भन्ने सोच जीवितै रहदा पनि श्री ३ जङ्ग बहादुर राणाले दरवार स्कुलको स्थापना गर्नु नै नेपालमा औपचारिक शिक्षाको सुरुवातको बिजारोपण मान्न सकिन्छ । यसरी आफ्नो र आफ्नाका लागि मात्र भए पनि केही राम्रा कदमहरु चाल्न सकियो भने हिजोलाई फर्काउनै नसकिएला, आजको यथार्थलाई छोड्नै नसकिएला तर भोलिलाई बदल्ने यथेष्ट आधारहरु भने अवश्य तय गर्न सकिन्छ । तर यस सन्दर्भमा औलामा गन्न सकिने शिक्षालय, शिक्षक, प्रशासकहरु बाहेक झन्डै पुरै जिम्मेवार समुह अनगिन्ती लाञ्छनाहरुबाट बेदाग हुन सकेका छैनन् ।
नेपाल सरकारबाट सञ्चालित विद्यालय, विश्वविलयहरु भर्ती केन्द्र र निजी स्तरबाट सञ्चालित विद्यालय कलेजहरु नितान्त पैसा उन्मुख भए भन्ने सर्वत्र आलोचना भएको पाइन्छ । पैसाको सवाल एउटा पक्ष होला तर आज भोलि निजी स्तरबाट चलेका शैक्षिक संस्थाहरुमा पनि चिनजान, नातागोता अनि संस्थापकहरुको पक्षमा बोल्ने र काम गर्नेहरुलाई अलि बढी प्राथमिकता दिएको यदा कदा सुन्न पाइन्छ । हुन त संस्था स्थापना गर्दा लाग्ने सम्पूर्ण खर्च निजी सम्पत्तिलाई धरौटीमा राखेर अथवा आफ्नो जीवनकै सम्पूर्ण आयस्रोतलाई ॠणसँग साट्ने हिम्मत जुटाएकाहरुले आफ्नो लगानीको सुरक्षा गर्न खोज्नु स्वभाविक हो । सरकारको हरेक नीति नियमहरुको परिधिभित्र रहेर राज्यले अवलम्वन गरेको अर्थ नीतिलाई टेवा पुर्याउन नानाथरिका करहरु तिर्दै लाखौ, करोडौं अनि अरबौ निजी सम्पत्ति लगाएर संस्था सञ्चालन गरिसकेपछि लगानी कर्ता स्वयंले आफ्नो संस्था चलाउन, टिकाउन र नाफा उन्मुख बनाउन आफू अनुकुल कर्मचारी भर्ना गरेकोमा आम जनचासो हुनु उपयुक्त हुदैन होला । तथापि यी संस्थाहरु आम जनताहरुको सरोकारसँग प्रत्यक्ष रुपले जोडिएको विषय भएको हुनाले यसको बारेमा अलिकति लेख्नु र बोल्नु वाञ्छनीय हुन्छ होला । आफैले लगानी गरेर सञ्चालन गरेको कुनै पनि व्यवसायमा आफ्नो क्षमता, ज्ञान र समयले भ्याएसम्म आफैले काम गर्दा जति समयमा उपलब्धि पाउन सकिन्छ दोस्रो ब्यक्तिलाई जिम्मेवारी दिदा अपेक्षित समयमा त्यो उपलब्धि पाउन कठिन प्रायः हुन सक्दछ । यसर्थ लगानीकर्ताहरुले आफू अनुकूलको मानिसलाई संस्थामा भर्ती गर्नु नाजायज कुरा किञ्चित होइन । तर यसका बाबजुद पनि त्यसरी भर्ती भैसकेपछि ती ब्यक्तिहरुले पनि आफूलाई निरन्तर विश्व बजारले स्वीकार गर्ने नयाँ नयाँ खोज र अनुसन्धानहरुको बारेमा आफूलाई सदा जानकार राख्न अपरिहार्य हुन्छ । उनीहरुले सामाजिक दायित्वलाई ख्याल गरेर शिक्षाको खोलमा वित्तीय विवरणको लेपन मात्र हुनु भन्दा पनि अनमोल जीवनको तत्व बोध गराउँदै युग सुहाउँदो सिपहरु विकास गराउन तल्लीन भए भने सम्पूर्ण आक्षेपहरु मेटिएलान् ।जनताको रगत पसिनाले खडा गरेको राज्यकोषबाट आफू र आफ्नो परिवारको लालन पालन गर्ने हैसियतमा पुगेका जो कोहिले पनि आफ्नो पदप्रति इमानदार भई लाभग्राहीप्रति निष्ठा र बफादारीका साथ जिम्मेवारी निर्वाह गर्ने हो भने उनीहरु ती पदहरुमा कसरी पुगे भन्ने कुरा जनताले धेरै हदसम्म विधिमा असन्तुष्टि देखाउदैनन् होला । देश र जनाताका लागि भन्दै भर्याङ चढेकाहरुले शक्तिको पूजा गर्दै नितान्त व्यक्तिगत स्वार्थका लागि शक्तिको दुरुपयोग गरेको टुलुटुलु हेरेर आफ्नो भाग खोज्दै र्याल काढ्नेहरुलाई न हिजो, न आज न भोलि कसैले पनि माफ गर्न सक्दैन ।
जनताको रगत पसिनाले खडा गरेको राज्यकोषबाट आफू र आफ्नो परिवारको लालन पालन गर्ने हैसियतमा पुगेका जो कोहिले पनि आफ्नो पदप्रति इमानदार भई लाभग्राहीप्रति निष्ठा र बफादारीका साथ जिम्मेवारी निर्वाह गर्ने हो भने उनीहरु ती पदहरुमा कसरी पुगे भन्ने कुरा जनताले धेरै हदसम्म विधिमा असन्तुष्टि देखाउदैनन् होला । देश र जनाताका लागि भन्दै भर्याङ चढेकाहरुले शक्तिको पूजा गर्दै नितान्त व्यक्तिगत स्वार्थका लागि शक्तिको दुरुपयोग गरेको टुलुटुलु हेरेर आफ्नो भाग खोज्दै र्याल काढ्नेहरुलाई न हिजो, न आज न भोलि कसैले पनि माफ गर्न सक्दैन ।
हिजो गाउँ, घर, समाज अनि विद्यार्थीहरुको नजरमा शिक्षकहरुलाई जुन सम्मान गरेको पाइन्थ्यो त्यो आज मुर्झाएर गएको महसुस गर्न सकिन्छ । चेतनाको विकाससँगसँगै प्रविधिले जोडिएका आजका बालबालिकाहरुलाई सुचनालाई मौलिक हकका रुपमा देशको संविधानबाटै प्राप्त गरेका छन् । उनीहरुको सिक्ने अधिकारलाई नैसर्गिक अधिकार मानिएको छ । मोबाइल, टिभी, रेडियो, पत्र पत्रिका, नेट इन्टरनेटले जोडेका सामाजिक सञ्जाल आदिको प्रयोगले वर्तमान परिवेशका नानीहरू विशिस्ट तरिकाले स्मार्ट अनि विश्व घटनाहरुसँग अपडेट बनाएका छन् । यसरी उनीहरुलाई विश्व परिवेशको पूर्व ज्ञान हुनुले पनि हामी शिक्षकहरु हिजो जस्तै आजका विषय वस्तुलाई पनि हलुका ढङ्गले उनीहरुसामु प्रस्तुत गर्न खोज्दा तालमेल नखाएको हुनु पद्र्छ । हाम्रो परम्परागत शिक्षण विधिले उनीहरुको ध्यान खिच्न सक्दैन अनि कक्षामा विद्यार्थीहरु अशान्त भई यताउता चलमलाउने, गफगाफ गर्ने क्रियाकलापमा सरिक हुन्छन् । जसको कारण कक्षा कोठामा अनावश्यक कोलाहल फैलिन्छ । अनि शिक्षकहरुले समस्याको जड थाहै नपाएर विद्यार्थीहरुलाई आफ्नो व्यक्तिगत मुल्याङ्कनको तराजुमा राखेर व्यबहार गर्न थाल्दछाँै । यही विन्दुबाट शिक्षक र विद्यार्थीबिच दरार पैदा हुन सुरु गद्र्छ र शिक्षक अनादरको पात्र बन्न पुग्दछ । हिजोको शिक्षण विधिहरु पुरानो भएकै कारणले विभिन्न विद्वानहरुले दिनप्रतिदिन नयाँ नयाँ शिक्षण विधिहरुको खोज गरिरहनुले हामीले अवलम्बन गरेका शिक्षण पद्धतिहरु पनि परिमार्जित हुँदै जानु पद्र्छ भन्ने सावित गद्र्छ । समयसँगसँगै हामीहरु पनि नयाँ नयाँ पद्धतिहरुलाई अङ्गिकार गर्दै आफूलाई सधंै अपडेट गर्न सक्यौँ भने अस्तित्वमा टिक्न सकिन्छ अन्यथा फर्काउन नसकिने हिजो, अस्विकार गर्न नसकिने आज र देख्न नसकिने भोलि बन्न बेर लाग्ने छैन । जसरी विश्व ब्रह्माण्ड अटाउने प्रविधिभित्रका हरेक एपहरुले बेला बेलामा अपडेट खोज्छ्न त्यसरी नै हामीहरुले हाम्रो मस्तिष्क, ज्ञान, सोच, बिचार, सिद्धान्त, कार्यशैली अनि दैनिकीहरुलाई बेला बेलामा अपडेट गर्न सकेनौ भने हामीले गुमाएको सम्मान फिर्ता ल्याउन नसक्ने निश्चित त छदै छ यदाकदा बचेको सम्मान पनि गुम्ने कुरामा कुनै सन्देह छैन ।
हाम्रो परम्परागत शिक्षण विधिले उनीहरुको ध्यान खिच्न सक्दैन अनि कक्षामा विद्यार्थीहरु अशान्त भई यताउता चलमलाउने, गफगाफ गर्ने क्रियाकलापमा सरिक हुन्छन् । जसको कारण कक्षा कोठामा अनावश्यक कोलाहल फैलिन्छ । अनि शिक्षकहरुले समस्याको जड थाहै नपाएर विद्यार्थीहरुलाई आफ्नो व्यक्तिगत मुल्याङ्कनको तराजुमा राखेर व्यबहार गर्न थाल्दछाँै । यही विन्दुबाट शिक्षक र विद्यार्थीबिच दरार पैदा हुन सुरु गद्र्छ र शिक्षक अनादरको पात्र बन्न पुग्दछ । हिजोको शिक्षण विधिहरु पुरानो भएकै कारणले विभिन्न विद्वानहरुले दिनप्रतिदिन नयाँ नयाँ शिक्षण विधिहरुको खोज गरिरहनुले हामीले अवलम्बन गरेका शिक्षण पद्धतिहरु पनि परिमार्जित हुँदै जानु पद्र्छ भन्ने सावित गद्र्छ । समयसँगसँगै हामीहरु पनि नयाँ नयाँ पद्धतिहरुलाई अङ्गिकार गर्दै आफूलाई सधंै अपडेट गर्न सक्यौँ भने अस्तित्वमा टिक्न सकिन्छ अन्यथा फर्काउन नसकिने हिजो, अस्विकार गर्न नसकिने आज र देख्न नसकिने भोलि बन्न बेर लाग्ने छैन । जसरी विश्व ब्रह्माण्ड अटाउने प्रविधिभित्रका हरेक एपहरुले बेला बेलामा अपडेट खोज्छ्न त्यसरी नै हामीहरुले हाम्रो मस्तिष्क, ज्ञान, सोच, बिचार, सिद्धान्त, कार्यशैली अनि दैनिकीहरुलाई बेला बेलामा अपडेट गर्न सकेनौ भने हामीले गुमाएको सम्मान फिर्ता ल्याउन नसक्ने निश्चित त छदै छ यदाकदा बचेको सम्मान पनि गुम्ने कुरामा कुनै सन्देह छैन ।