चीनले भूमि मिचेको छैन : नेपाल सरकार – Kanika Khabar
Saturday, April 20Nepali News Portal

चीनले भूमि मिचेको छैन : नेपाल सरकार

    मा प्रकाशित

कनिका खबर
असोज ७, दाङ ।
नेपाल सरकारले चीनले नेपालको भूमि नमिचेको बताएको छ । हुम्लामा नेपाली भूमि मिचेर चीनले आधुनिक भवनहरू बनाएको भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले नेपाल(चीन सीमाका ११ र १२ नम्बर पिलरका बीचमा नेपाली भूमि नमिचिएको जनाएको हो ।

परराष्ट्र मन्त्रालयले आज बुधबार एक विज्ञप्ति जारी गरी नापी विभाग, सरकारी अभिलेख, संयुक्त सीमा अनुगमन टोलीको रिपोर्ट र सीमा नक्साका आधारमा ती भवनहरू नेपाली भूमिका नबनेको प्रष्ट भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार यस्तै समाचार सन् २०१६ मा पनि आएको थियो । त्यसपछि अन्तरमन्त्रालय टिमले स्थलगत अनुगमन गरेको र ती भवनहरू नेपाल(चीन सीमाबाट करिब एक किलोमिटर पर चिनियाँ भूमिमै बनेको ठहर गरेको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा नेपाल र चीनबीचको सीमा दुई देशबीच हस्ताक्षर भएका सीमासन्धि र सीमा प्रोटोकलहरूका आधारमा निर्धारण भएको उल्लेख गरिएको छ । सीमा सम्बन्धका विषयमा नेपाल र चीन निकट संवादमा रहेको पनि जनाइएको छ ।

हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवन बनाएको भन्ने समाचार हालै आएको थियो । यसपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी गिरीसहित नेपाली सेना, नेपाल प्रहरी, नाम्खा गाउँपालिकाका अध्यक्षसहितको एक टोली उक्त क्षेत्रमा पुगेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्