कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ८, चितवन ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरनी नगरपालिका वडा नम्बर ३ का ३९बर्षका युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको गएराति साढे १२ बजे ३ उनको मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या ४ सय ३७ पुगेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्